सर्लाही, ०२ भदाै । भारतीय विदेशसचिव विक्रम मिश्री बसेको होटलमा पुगेर मधेशवादी दलका नेताहरुले भेटवार्ता गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मिश्रीले सोमबार बिहान पशुपति दर्शन गरेर नेपाली सेनाको जंगीअड्डा पुगेका थिए । त्यसपछि होटलमै केही अनौपचारिक भेटघाट गर्ने भनिएको थियो ।

त्यसक्रममा मधेशवादी दलका नेताहरुसँग भेट हुन लागेको स्रोतले बतायो । केही नेताहरु भेटका लागि होटल पुगिसकेको समेत जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाडौं आएका थिए ।

आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।

मिश्री दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *