सर्लाही, ०२ भदाै । आइतबार राति भारतीय प्रान्त केरलाको कोच्ची विमानस्थलबाट उड्नै लाग्दा एयर इन्डियाको विमानमा प्राविधिक गडबडी देखिएपछि उडान रद्द गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोच्चीबाट दिल्लीका लागि उडान भर्नअघि विमानमा प्रावधिक समस्या देखिएपछि उडान रद्द गरिएको कोच्ची इन्टरनेसनल एयरपोर्ट लिमिटेड (सीआईएल) ले जनाएको छ ।
एयर इन्डियाले विज्ञप्ति जारी गरी भनेको छ- उडान नम्बर एआई १५०४ मा टेकअफ गर्ने क्रममा प्राविधिक गडबडी पत्ता लागेको थियो। प्रोटोकल पालना गर्दै ककपिट चालक दलले उडान नगर्ने निर्णय गर्यो र मर्मतसम्भार जाँचका लागि विमानलाई खाडीमा फिर्ता ल्यायो । विमानमा यात्रु कति थिए भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।