सर्लाही, ०३ भदाै । यातायात व्यवस्था  विभागले  आगामी १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई अनुरोध गरेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको छ ।

सबै सवारी धनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले भनेको हो ।

गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर  प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *