सर्लाही, ०३ भदाै । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी परेपछि असन्तुष्टि जनाएका छन् । 

काँग्रेस एमालेले अहिले उपसभामुखलाई हटाउनको लागि अहिले खाली कागजमा हस्ताक्षर गराइरहेको छ ।

तर, कोइरालाले खाली कागजमा कुनै कारण नखुलाई हस्ताक्षर नगर्ने अडान लिएका छन् । पार्टीले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको भए पनि आफूलाई कुनै खबर नआएको शेखर निकट एक सांसदले बताए ।

ती सांसदले भने, ‘अहिलेसम्म मलाई केही खबर आएको छैन । म अहिलेसम्म हस्ताक्षर गर्न गएको छैन। शेखर दाइले पनि अहिलेसम्म नगर्नुभएको मैले बुझेको छु ।’

उनले उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भए पनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको जिकिर गरे ।

शेखर पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *