सर्लाही, ०३ भदाै । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी स्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुवबहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी छन् ।
बैठक बस्नुअघि उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका थिए ।
माओवादीले काँग्रेस-एमालेले उपसभामुखलाई पदबाट हटाउने कार्य गर्न थालेर गल्ती गरेको बताएको छ ।