सर्लाही, ०३ भदाै । गौर नरसंहारको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएसँगै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरेका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको थियो ।

त्यसपछि गृहमन्त्री लेखकले मंगलबार मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाका प्रमुख हुतराज थापालाई बोलाएर छलफल गरेका हुन् । गृह स्रोतका अनुसार छलफल जारी छ ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।

त्यो दिन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *