सर्लाही, ०३ भदाै । उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ ।

राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्न अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *