एजेन्सी, ०३ भदाै । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमास सहमत भएको छ ।
प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलबाट बन्धक बनाइएकाहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको हो ।
प्यालेस्टिनी समूहको एक स्रोतले बीबीसीलाई यो कुरा पुष्टि गरेको छ । इजिप्ट र कतारको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुनमा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ ।
यस योजना अनुसार, पहिले ६० दिनको लागि युद्धविराम लागू गरिनेछ । यसपछि हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ। यी मध्ये २० जना जीवित हुने अपेक्षा गरिएको छ । यसपछि, स्थायी युद्धविरामको बारेमा वार्ता अगाडि बढ्नेछ ।
यद्यपि,इजरायलको प्रतिक्रिया अहिलेसम्म आएको छैन। गत हप्ता,इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने देशले कुनै पनि सम्झौता स्वीकार गर्नेछ ।