सर्लाही, ०३ भदाै । जनमत पार्टीले उपसभामुख हटाउने विषयमा आफूहरू सत्ता गठबन्धनसँगै रहेको स्पष्ट पारेको छ । मधेश प्रदेशको सरकारको नेतृत्व लिएर केन्द्रको सरकारलाई समर्थन गरेको उसले उपसभामुख हटाउने कांग्रेस–एमालेको चाहनालाई समर्थन गर्ने स्पष्ट पारेको हो ।
सिंहदरबारमा जारी सत्तारुढ दलहरूको बैठकमा सांसद अनीता देवीलाई पठाएको जनमतको अहिले संसदीय दलको बैठक पनि बसिरहेको छ ।
जनमत प्रवक्ता डा. शरदसिंह यादवले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा आफूहरू सत्ता गठबन्धनसँगै रहेको स्पष्ट पारेका हुन् ।
थाहाखबरसँग उनले भने, ‘यसबारे हामी सत्ता गठबन्धनसँगै छौँ। गठबन्धन बैठकमा पनि गएका छौं । दलको बैठक पनि चलिरहेका छ ।’