काठमाडौं, ०३ भदाै ।  पाकिस्तान प्रशासित कश्मीरमा वर्षाका कारण छजनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन् । विपद् व्यवस्थापन प्राधिकरणका अनुसार वर्षामा आठवटा घर पूर्ण रूपमा र ४६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वर्षात‍्का कारण यस क्षेत्रका शैक्षिक संस्थाहरू अगस्ट २३ सम्म बन्द रहनेछन् ।

जानकारी अनुसार,एकजना  प्राध्यापक बाढीमा आफ्नो कारसहित बेपत्ता भएकी थिइन् ।  उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि उनको शव नालीबाट निकालेको थियो । प्राधिकरणको प्रतिवेदन अनुसार रावलकोटमा बाढीका कारण सात घर पूर्णरूपमा र २२ घर आंशिक रूपमा प्रभावित भएका छन् ।

नीलम जिल्लामा भारी वर्षाका कारण भएको सडक दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । यसैबिच,भिम्बर जिल्लामा पनि वर्षाका कारण धेरै परिवार प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *