सर्लाही, ०३ भदाै । गत साउन ३० गते मोरङबाट चोरी भएको एउटा मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ। मोटरसाइकलसँगै दुई युवक पनि पक्राउ परेका प्रहरीले जनाएको छ। मोरङको रतुवामाई नगरपालिका- ४ आमबारी निवासी पुष्पमाया खतिवडाको घरमा पार्किङ गरेर राखेको को.३० प ९६७७ नम्बरको मोटरसाइकल गएको साउन ३० गते राति चोरी भएको थियो।

चोरीको सूचना पाएको प्रहरीले खोजी गर्ने क्रममा भदौ २ गते झापाको भद्रपुर नगरपालिका- ५ मेचीपुलबाट मोटरसाइकल बरामद गरेको हो। मोटरसाइकलमा सवार झापाको गौरीगन्ज गाँउपालिका- ५ बस्ने २० वर्षीय रोम भन्ने प्रकाश यादव र झापाकै विर्तामोड नगरपालिका- १ बस्ने २० वर्षीय ओम प्रकाश खड्कालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू चारेकाे मोटरसाइकल लिएर भारततिर जाँदै गर्दा पक्राउ परेका हुन्। उनीहरूलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ पठाइएको झापा प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *