सर्लाही, ०४ भदाै । जनमत पार्टीको पेशागत संगठन कानुन व्यवसाय जनमत संघ को १२ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ ।
बुधबार काठमाडौंस्थित मध्यबानेश्वरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कानुन व्यवसाय जनमत संघ गठन गरिएको हो ।
संघको संयोजकमा अधिवक्ता उपेन्द्र कुमार साह चयन भएका छन् । सह–संयोजकमा अधिवक्ता रञ्जित कुमार साह चयन भएका छन् ।
त्यसै गरी सचिवमा अधिवक्ता रामछबिला यादव, सह–सचिवमा अधिवक्ता राहुल कुमार रजक तथा कोषाध्यक्षमा अधिवक्ता पिटर जङ्ग कुँवर चयन भएका छन् ।
कार्यसमितिका अन्य सदस्यहरूमा अधिवक्ता हरि प्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिव्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार रहेका छन् ।
पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, सचिव अनिता देवी साह, केन्द्रीय कार्यकारिणी सदस्य हिरेन्द्र चौधरी, पीएन माझी लगायतको उपस्थिति थियो ।