काठमाडौं, ०४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएकाे प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । 

एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे जानकारी गराएका हुन् । 

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजकाे बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियाे ।

प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *