सर्लाही, ०४ भदाै । रौतहटको सदरमुकाम गौरमा दिनदहाडै छुरा प्रहार हुँदा एकजना युवकको मृत्यु भएको छ ।

गौर नगरपालिका–८ स्थित गौरीशंकर क्याम्पस नजिक अन्दाजी १८ वर्षीय युवकलाई बुधवार दिउँसो छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिको पहिचान गौर नगरपालिका–३ का नन्दु महतोका २० वर्षीय छोरा सनोज राम रहेका छन् । मृतक र आरोपित युवक एकै ठाउँमा काम गर्ने साथी रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् । उनका अनुसार मृतकको घर फतुवा बिजयपुर नगरपालिकामा भएको बुझिए पनि समाचार तयार पार्दासम्म उनको पूर्ण परिचय खुल्न सकेको छैन ।

घटनापछि स्थानीय बासिन्दामा त्रास र आक्रोश छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *