सर्लाही, ०४ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र एकान्त कुनामा उपचाररत खुमबहादुर बिकलाई आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी-काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् । जनमुक्ति सेनामा समेत सक्रिय रहेका खुमबहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किने तयारीमा छन् ।

सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’ले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *