सर्लाही, ०४ भदाै । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

गौर नगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २२ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो २:४० बजे रौतहटको यमुनामाइ गाउँपालिका-५ का २२ वर्षीय सहाबुद्दीन मियामाथि छुरा प्रहार भएको हो ।

गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताए ।

घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका-३ का युवक मनोज राम रहेका छन् ।

पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *