सर्लाही, ०५ भदाै । वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

ताप्लेजुङको सिरीजंघा गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितबाट कोरिया पठाइदिन्छु भनी १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *