सर्लाही, ०५ भदाै । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।

 दिउँसो २ बजे काठमाडौँको थापा गाउँमा कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ ।

उक्त घर मदन भण्डारीको हीरक जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय रहने गरी भाडामा लिइएको हो। 

उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *