सर्लाही, ०५ भदाै । वनको जग्गा खाली वा बुट्यान भए पनि वनकै नाममा रहने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार पास गरेको भूमि विधेयकको प्रतिवेदनमा यस्तो प्रावधान छ ।

विधेयकको प्रतिवेदनमा वनको जग्गा पुन: नक्साकंन हुन सक्ने भनिएको छ ।

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढाकालका अनुसार २०६६ साल माघ २८ गते अगाडिदेखि जोतभोग हुँदै आएको जग्गाको हकमा वनको नाममा रहेछ भने पुन: नक्साकंन हुनेछ ।

तर मानव बसोबास नरहेको वनको जग्गा खाली वा बुट्यान रहेछ भने पनि वनकै नाममा रहनेछ ।

‘तर, पुन: नक्साकंन गर्दा खाली रहेको क्षेत्र रहेछ भने नेपाल सरकारको नाममा ल्याउन पाइने छैन,’ विधेयकको प्रतिवेदनमा प्रतिबन्धात्मक वाक्यांश राखेर भनिएको छ, ‘यसरी पुन: नक्साकंन गर्दा अभिलेखमा वन, वन क्षेत्र वा  बुट्यान क्षेत्र जनिएको जग्गामा वन नभई खाली वा बुट्यान रहेछ वा वन्यजन्तुको संरक्षण वा व्यवस्थापनका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेछ भने पनि सो जग्गा वन क्षेत्रमा नै कायम गर्नु पर्नेछ ।’

अभिलेखमा वन, वन क्षेत्र वा बुट्यान क्षेत्र जनिएको जग्गामध्ये संवत् २०६६ साल माघ २८ गते अगावैदेखि आबाद कमोतमा रहेको जग्गामात्र यकिन गरी एकपटकका लागि पुन: नक्साकंन गरी वन क्षेत्रबाट छुट्टयाई नेपाल सरकारको नाममा कायम गरी अद्यावधिक गर्न बाधा नपर्ने विषय प्रतिवेदनको अर्को बुँदामा भनिएको छ ।

वनको जग्गा खाली वा बुट्यान रहेछ भने वनकै नाममा राख्ने विषयलाई विधेयकमा प्रष्टसँग राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *