सर्लाही, ०५ भदाै । सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा विवाद चुलिएको छ । सभापति सुजित कुमार यादवले पद गुमाइसके पनि अझै जिम्मेवारी सम्हालिरहेको भन्दै जिल्ला अदालत सर्लाहीमा रिट निवेदन दर्ता गरिएको छ ।

विद्यार्थी युनियनका सदस्य अकाश कुमार यादवले अदालतमा दायर गरेको निवेदनमा सभापति यादवको पद वैधानिक नभएको दाबी गरिएको छ । उनका अनुसार सुजित यादवले वि.वि.एस. चौथो वर्षको अन्तिम परीक्षा दिइसकेकाले क्याम्पस विधानअनुसार उनको पद आपसै समाप्त भएको हो ।

तर, उनी अझै पनि सभापति बनेर निर्णय गर्दै आएको भन्दै अदालतमार्फत रोक्न माग गरिएको अकाश यादवले बताए । निवेदनमा सचिव रौशन कुमार यादव, कोषाध्यक्ष नितु कुमारी, सदस्य प्रेम प्रविन यादव, सनरचना यादव, उमेश यादव र चन्दा कुमारीलाई समेत विपक्षी बनाइएको छ ।

यता, सभापति सुजित यादवले भने आफू वैधानिक रूपमा नै पदमा रहेको दाबी गरेका छन् । उनका अनुसार सर्लाही क्याम्पसमा भएको निर्वाचन त्रिभुवन विश्वविद्यालयको निर्वाचन निर्देशिका अनुसार सम्पन्न भएको र सोही आधारमा आफू सभापतिको जिम्मेवारी सम्हालिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *