सर्लाही, ०५ भदाै । सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरेर विशेष नीति र बजेट ल्याउन राप्रपा नेता खुश्बु ओलीले माग गरेकी छन् ।
बिहीबार मधेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई ७ बुँदे ध्यानाकर्षण बुझाउँदै मधेश प्रदेशको एसइई नतिजा निराशाजनक रहेकाले सुझाव पेश गरेकी छन् ।
यस वर्षको एसइई नतिजामा राष्ट्रियस्तरमा ६२ प्रतिशत पास हुँदा मधेशका २८ प्रतिशत मात्र पास भएको भन्दै उनले ७२ प्रतिशत नन ग्रेडेड विद्यार्थीको भविष्यबारे सोच्न आग्रह गरेकी छन् ।
उनले कक्षा ९ र १० मा मधेशबाट ड्रपआउटको संख्या पनि बढ्दै गएको र शैक्षिक स्थिति निरन्तर खस्कँदै गएकाले शैक्षिक संकटकाल घोषणा गरेर विशेष नीति र बजेट व्यवस्था गर्न सुझाव दिएकी छन् ।

