सर्लाही, ०५ भदाै । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले राज्यको सेवा-सुविधा लिने र तलब खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव राखेकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहनु दुःखद भएको बताइन् ।

नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले राज्यको सेवा-सुविधा लिने र तलब खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव राखेकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहनु दुःखद भएको बताइन् ।

सांसद बस्नेतले शिक्षा क्षेत्रमा धेरै सुधारहरू गर्न जरुरी रहेको उल्लेख गर्दै भनिन्, ‘सार्वजनिक विद्यालयको सुधारका लागि राज्यबाट सेवा सुविधा र तलब लिनेहरुको सन्तानलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था लेख्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *