सर्लाही, ०५ भदाै । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रहेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराले “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” अवार्ड प्रदान गरेको छ ।

मधेस प्रदेशभर कार्यरत ट्राफिक प्रहरीहरू मध्ये उत्कृष्ट कामको आधारमा गरिएको मूल्याङ्कनपछि प्रहरी निरीक्षक घिमिरेलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै नगद पुरस्कार समेत प्रदान गरिएको छ।

प्रहरी निरीक्षक घिमिरेले जिल्लाभित्र ट्राफिक व्यवस्थापन, दुर्घटना नियन्त्रण, डिजिटल प्रणाली प्रयोगमार्फत कार्यसम्पादनमा देखाएको दक्षता, जनताको सहजीकरण र कार्यालयको समग्र प्रगति कायम गर्न देखाएको सक्रियता आधार मानिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ट्राफिक प्रहरी निरीक्षक घिमिरेको योगदानलाई उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्रसहित अवार्ड प्रदान गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराका प्रमुख रहेका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जनाएका छन् ।

अवार्डले कार्यसम्पादनमा थप हौसला मिलेको ट्राफिक प्रहरी निरीक्षक घिमिरेले प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *