सर्लाही, ०६ भदाै । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ । 

डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ । 

सिरिजका सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपाली टोलीले पछिल्ला दुई खेलमा भने जित निकालेको छ ।  नेपाली टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । 

३ खेलमा हार र २ खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । 

सिरिजका पाँच मध्य तिन खेलमा जित र २ खेलमा हार भोगेको पाकिस्तानको टोली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

यसअघिका दुई खेलमा नेपालले मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ तथा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो । 

मेलवर्न स्टार्स एकेडेमीसँग भने ३१ तथा बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो । सिरिजको पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *