सर्लाही, ०६ भदाै । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको’ भन्दै काम चलाऊ घोषणाको माग गर्दै दायर रिटको सुनवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनवाइ हुँदै छ । अधिवक्त वीरेन्द्र केसीले सर्वोच्चमा बिहिबार रिट दर्ता गरेका थिए ।

जसपा नेपालले ३२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धनमा रहेको दलले समर्थन फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने तर्क अधिवक्ता केसीको रहेको छ ।

सोही तर्कअनुसार रिट दर्ता गरेका केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *