सर्लाही, ०७ भदाै । ललितपुरको धोबिघाटमा रहेको एउटा होस्टलमा अनौठो गतिविधि भइरहेको भन्दै अध्यागमन विभागले करिब एक महिना अघि सूचना पायो । भर्खरका किशोरकिशोरीहरुको आउजाउ भइरहने, ठूल्ठूला धार्मिक पुस्तक बोकेर विदेशी हिँड्ने गरेको विवरण विभागका अधिकारीहरुसम्म पुगेको थियो ।

‘विभिन्न प्रकारका भिसामा नेपाल आएका विदेशी त्यसअनुसारका गतिविधि गरिरहेका छन् कि छैनन् भन्ने निगरानी गर्ने जिम्मेवारी हाम्रै हो,’ अध्यागमन महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘त्यसैले सूचना प्राप्त हुनासाथ सुक्ष्म अनुगमनका लागि टोली खटाएका थियौं ।’

प्रारम्भिक जाँचमा प्राप्त सूचना अनुसार होस्टलमा किशोरकिशोरीलाई राखेर इस्लाम धर्म प्रचार भइरहेको देखिएपछि विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोली बुधबार शंकास्पद गतिविधि भएको भनिएको स्थानमा पुग्यो ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले समेत यो टोलीलाई सहयोग गर्न प्रहरी खटाए ।

जब प्रहरी र अध्यागमन विभागका अधिकारीहरु हिमालय शिक्षा तथा हितेसी समाज नामक बोर्ड भएको घरको गेटबाट माथि प्रवेश गरे, त्यसबेला केही बालबालिकाहरुलाई कुअरान पढाउँदै गरेको देखियो । सामान्यत: मदरसाहरुले शिक्षा मन्त्रालयबाट अनुमति लिएरै नेपाली पाठ्यक्रमसँगै कुरआन पढाउँछन् ।

तर, त्यहाँ नेपाली पाठ्यक्रमको कुनै पढाइ भएको थिएन, धार्मिक ज्ञान मात्र दिने काम भइरहेको अधिकारीहरु बताउँछन् । पढ्ने विद्यार्थी पनि कतिपय हिन्दु धर्मसँग जोडिएकाहरु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *