काठमाडौँ, ०७ भदाै । दक्षिण कोरिया र उत्तर कोरियाबीच नयाँ तनाव उत्पन्न भएको छ ।
दक्षिण कोरियाले गत मंगलबार आफ्ना सेनाले उत्तर कोरियाली सैनिकहरूमाथि चेतावनीपूर्ण गोली चलाएको बताएको छ ।
उत्तर कोरियाले भने दक्षिण कोरियाले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ ।
दक्षिण कोरियाली सेनाले भने मंगलबार दिउँसो उत्तर कोरियाली सैनिकहरूले अज्ञात निर्माण कार्य गर्दा सीमा रेखा छोटो समयका लागि पार गरेपछि चेतावनीका लागि गोली चलाएको बताएको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार त्यसपछि सैनिकहरू तुरुन्तै उत्तर कोरियाली क्षेत्रमा फर्किए र कुनै अप्रिय घटना हुन पाएन ।
दक्षिण कोरियासँग बढ्दो तनावका बीच उत्तर कोरियाली सैनिकहरूले सीमा सुरक्षा बलियो बनाउन एन्टी-ट्यांक ब्यारियर र बारुदी सुरुङ निर्माण गरिरहेका छन् ।
उत्तर कोरिया पिपुल्स आर्मीका उपप्रमुख जोङ चोलले विज्ञप्ति जारी गरी भनेका छन्, ‘दक्षिणी सीमाको व्यवस्थापन र सुरक्षाको जिम्मेवार कमान्डिङ अफिसरको हैसियतमा म दक्षिण कोरियालाई यो खतरनाक उत्तेजना तुरुन्तै बन्द गर्न जोडदार माग गर्छु । यो परियोजना हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न आवश्यक छ ।’ – एजेन्सी