सर्लाही, ०७ भदाै । नेपाली भूमि लिपुलेक हुँदै चीन र भारतले व्यापार मार्ग खोल्ने सहमति गरेपछि नेपाल सरकारले दुबै देशलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ ।

चीन र भारतले नेपाली भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमति गरेकोमा असन्तुष्टि जनाउँदै नेपालले कूटनीतिक नोट पठाउने तयारी गरेको हो । दुई देशबीच भएको सहमतिको नेपालमा चर्को विरोध भइरहेको छ । 

संसद्मा सहमति खारेजीको माग हुँदा सडक प्रदर्शनसमेत हुन थालेको छ । नेपाली भूमिमा व्यापार मार्ग खोल्ने सहमति गर्दा आफूहरूसँग कुनै परामर्शसमेत नगरेको भन्दै सरकारले यसअघि नै असन्तुष्टि जनाइसकेको छ । 

अब दुबै मुलुकलाई कूटनीतिक नोट पठाउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र उच्च स्रोतले नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गरेका भारत र चीनसँग कूटनीतिक माध्यमबाट छलफल गरी समाधान गर्ने दिशामा काम भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *