सर्लाही, ०७ साउन । भूमि विधेयकका विरुद्धमा जनता समाजवादी पार्टी (जसपा), नेपालले सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गरी ९ भदौदेखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका छन् ।‘
भूमि विधेयकका विरुद्ध कडा प्रतिकर गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयक विरुद्ध देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शनमा सहभागी भइ सहयोग वक्तव्यमा भनिएको छ ।
५ भदौमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट अगाडि बढेको विधेयकले जनतालाई भन्दा पनि भू–माफिया, जग्गा दलालको हित हुने र तराई/मधेश मरुभूमिकरण हुने जसपा नेपालले जनाएको छ ।
भूमि सम्बन्धी अध्यादेशमा आएकै व्यवस्था राखेर विधेयक बनाइएको भन्दै जसपा नेपालले विरोध जनाउँदै आएको छ ।