सर्लाही, ०८ भदाै । पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको छ ।
यसअघि पठाइएका ७ नोट अनुत्तरित रहेकै बेला नेपालले आठौं पटक भारतलाई झकझकाएको हो । सीमा र नेपालीभूमि प्रयोगकै विषयलाई लिएर चीनलाई पनि ३ पटक कूटनीतिक नोट पठाएको छ ।
चीनले पनि एक पटक मात्र जवाफ दिएको छ ।
भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग नेपाली भूमि लिपुलेक नाका हुँदै व्यापार सुचारु गर्ने सहमति गरेकामा नेपालले असन्तुष्टि जनाउँदै दुवै मुलुकलाई नोट पठाएको हो । नेपालको भूमि प्रयोगलाई लिएर छिमेकी दुई देशले सहमति गरेपछि नेपालमा संसद्देखि नागरिकस्तरसम्म चर्को विरोध भइरहेको छ ।
भारतलाई पठाइएको कूटनीतिक नोटमा नेपाल–भारतबीच स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान खोजिने र यसले नै निकास दिने प्रस्ट पारिएको छ । भारतसँग सीमा विवादमा प्रत्यक्ष रूपमा काम गरिरहेको गृहसचिवस्तरीय संयन्त्र हो । यस्तै नापी विभागअन्तर्गत ‘बाउन्ड्री वर्किङ ग्रुप’ले पनि सीमा विवादमा काम गरिरहेको छ । त्योबाहेक नेपाल–भारत संयुक्त आयोग पनि छ ।

भारतलाई पठाइएको नोट
- जेठ २०७२ : भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता गरेकामा आपत्ति जनाउँदै
- २० कात्तिक २०७६ : भारतले जारी गरेको राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको दाबी
- ५ मंसिर २०७६ : भारतले जवाफ नदिएपछि ऐतिहासिक तथ्यहरूसहित लिम्पियाधुरासम्म नेपाली भूभाग भएको अर्को नोट
- २९ वैशाख २०७७ : नेपाली भूमि हुFदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि अतिक्रमणको विरोध
- ७ मंसिर २०७७ : नेपालले लिम्पियाधुरासम्मको आफ्नो भूमि समेटेर चुच्चे नक्सा जारी गरेको बारे जानकारी
- १ भदौ २०७८ : महाकालीमा भारतीय सुरक्षा बलले तुइनको लट्ठा चुाडाइदिएपछि ३३ वर्षीय जयसिंह धामी बगेर बेपत्ता भएको र नेपाली ‘एयर स्पेस’ मा भारतीय हेलिकोप्टरले गस्ती गरेको घटनाप्रति आपत्ति
- २० मंसिर २०७९ : महाकालीमा सडक विस्तारप्रति आपत्ति
- ५ भदौ २०८२ : भारत र चीनबीच नेपाली भूमि लिपुलेक पास नाका हुँदै व्यापार गर्ने सहमति गरेकामा असन्तुष्टि
चीनलाई पठाइएको नोट
- जेठ २०७२ : चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता गरेकामा आपत्ति
- २९ वैशाख २०७७ : भारतले चीनमा रहेको तीर्थस्थल मनसरोवर जान नेपाली भूमि हुँदै सडक बनाएको र उद्घाटन गरेकामा नेपालको आपत्ति रहेको बारे जानकारी
- ५ भदौ २०८२ : लिपुलेक नेपाली भूमि भएकाले त्यसको प्रयोग गरी व्यापार गर्न भारतसँग सहमति गर्नुअघि चीनले नेपाललाई नसोधेकामा असन्तुष्टि
पछिल्लो पटक नेपालको सहमतिबिना आफ्नो भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले सम्झौता गरेकामा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको हो । भारत र चीनबीच नयाँदिल्लीमा गत मंगलबार दुईपक्षीय व्यापार सम्झौता भएको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार सरकारले दुवै देशलाई अलग–अलग कूटनीतिक नोट पठाएको छ ।
भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग नेपाली भूमि लिपुलेक नाका हुँदै व्यापार सुचारु गर्ने सहमति गरेकामा नेपालले असन्तुष्टि जनाउँदै दुवै मुलुकलाई नोट पठाएको हो । नेपालको भूमि प्रयोगलाई लिएर छिमेकी दुई देशले सहमति गरेपछि नेपालमा संसद्देखि नागरिकस्तरसम्म चर्को विरोध भइरहेको छ ।
नेपाल–भारत सीमाका उल्झन
- १६ कात्तिक २०७६ : भारतले जम्मु–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा–कालापानी भारतभित्र राखियो
- २० कात्तिक २०७६ : कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति
- २१ कात्तिक २०७६ : भारतको विदेश मन्त्रालयद्वारा आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ
- ३ मंसिर २०७६ : भारतको नयाा नक्साबारे भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाउँदै सुगौली सन्धिअनुसार काली नदी पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको पुनःस्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ
- २६ वैशाख २०७७ : भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपाली भूमि धार्चॅला–लिपुलेक हुँदै बनाइएको तिब्बतको कैलाश मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत उद्घाटन
- २७ वैशाख २०७७ : सडक निर्माण गर्ने एकतर्फी गतिविधि दुई देशबीच प्रधानमन्त्रीस्तरमै भएका समझदारीविपरीत रहेको नेपालको भनाइ
- २७ वैशाख २०७७ : भारतको विदेश मन्त्रालयद्वारा उक्त सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमाभित्रै रहेको प्रतिक्रिया
- ७ जेठ २०७७ : नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी
- ३१ जेठ २०७७ : नेपालले जारी गरेको नयाँ नक्साअनुसार निसान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित
- १५ साउन २०७८ : नेपाली युवा जयसिंह धामी महाकाली तर्ने क्रममा भारतीय पक्षले तुइन काट्दा नदीमा खसेर बेपत्ता, भारतद्वारा नेपाली भूभागमा अनुमतिबिना हेलिकोप्टरको उडान
- २१ भदौ २०७८ : जयसिंह धामी र नेपाली भूमिमा भारतीय हेलिकोप्टर उडेको विषयमा नेपालद्वारा कूटनीतिक नोट प्रदान
- १८ मंसिर २०७९ : महाकालीको धार परिवर्तन गरी तटबन्ध निर्माणको काम भारतीय पक्षले थालेपछि नेपालीद्वारा सीमाको पुल बन्द
- ७ पुस २०८१ : नेपाली भूमिमा भारतीय डोजर चलाउन थालेपछि स्थानीयद्वारा विरोध
- ३ भदौ २०८१ : चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्रीबीच व्यापार सम्झौता