सर्लाही, ०८ भदाै । भारतका क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारको भारतीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले यो घोषणा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गरेका हुन् ।

३७ वर्षीय पुजाराले सन् २०१० मा डेब्यू गरेका थिए । उनले भारतका लागि १०३ टेस्ट र ५ एकदिवसीय खेल खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ७,१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक सामेल छन् ।

एक दशकभन्दा बढी समय भारतका भरपर्दा नम्बर ३ ब्याटर रहेका पुजाराले स्वदेश तथा विदेशमा भारतका ऐतिहासिक जितमा योगदान दिएका थिए ।

उनको अन्तिम टेस्ट खेल सन् २०२३ को जुन महिनामा अष्ट्रेलियाविरुद्ध भएको विश्व टेस्ट च्याम्पियनसिप फाइनल थियो ।

पुजाराले भारतीय घरेलु क्रिकेटसँगै आईपीएल क्रिकेट पनि खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *