काठमाडौँ, ०८ भदाै ।  भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले एकीकृत वायु रक्षा हतियार प्रणाली ((इन्टिग्रेटेड एयर डिफेन्स वेपन सिस्टम, आईएडीडब्ल्यूएस) को पहिलो परीक्षण गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार ओडिसाको तटमा गरिएको पहिलो परीक्षण सफल भएको छ । 

अधिकारीहरूका अनुसार, यो प्रणालीमा सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र, छोटो दूरीको क्षेप्यास्त्र र उच्च-शक्तिको लेजर हतियार समावेश छ ।

यो प्रणाली शत्रुका लडाकु विमान, ड्रोन र क्रुज क्षेप्यास्त्रजस्ता हवाई खतराबाट जोगाउन विकास गरिएको बताइएको छ । 

रक्षामन्त्री राजनाथ सिंहले वायु रक्षा प्रणालीको सफल परीक्षणमा डीआरडीओलाई बधाई दिएका छन् ।

उनले एक्समा लेखेका छन्, ‘यसले शत्रुको हवाई खतराविरुद्ध लड्न मद्दत गर्नेछ र देशको रक्षा रेखालाई अझ बलियो बनाउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *