सर्लाही, ०९ भदाै । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा आगलागी हुँदा ३ वटा पसल जलेका छन् । सोमबार बिहान ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसलमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय, नेपाल र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ ।