सर्लाही, १० भदाै । मलेसियास्थित नेपाली दूतावासले नेपालीहरूको गुनासो सुन्न क्यूआर कोडको व्यवस्था गरेको छ ।

नेपाली श्रमिकहरू विभिन्न खालका समस्याबाठ ग्रसित हुँदै गइरहेका बेला दूतावासले गुनासो सुन्नका लागि क्यूआर कोडको व्यवस्था गरेको हो । क्यूआर कोडसहित गुगल फर्मको समेत व्यवस्था गरेको छ ।

रोजगारीको सिलसिलामा विभिन्न किसिमका समस्या भएको खण्डमा आफ्ना समस्या सम्बन्धी जानकारी दूतावासमा पठाउन अनुरोध गरिएको छ । त्यसका लागि गुनासो फारम र क्यूआर कोडको व्यवस्था गरेको हो ।

दूतावासले क्यूआर कोड स्क्यान गर्दा देखिने लिंकमा गएर पासपोर्ट र भिसाको कपीसँगै गुनासो सम्बन्धित अन्य कुनै पनि अतिरिक्त कागजात भएको खण्डमा पठाउन समेत भनेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले करार समाप्त भएपछि नेपाल फिर्ता हुन नदिएको, करार बमोजिम तलब नदिएको, कम्पनीले तलबबाट अनावश्यक रकम कटौती गरेको, स्वास्थ्यमा समस्या हुँदा कम्पनीले हेरचाह नगर्ने जस्ता समस्या भोग्दै आएका छन् ।

त्यस्तै तलबको स्लिप कम्पनीले दिने नगरेको, बैंक खाता नखोलेर नगद दिने गरेको, अतिरिक्त घण्टा काम गराएर भत्ता नदिने, विदामा घर जाँदा तलब होल्ड गरिदिने, राहदानी र भिसाको फोटोकपी नदिने, कम्पनीमा दुर्घटना हुँदा सोस्को नदिने, अस्वस्थ्य भई घर फिर्ता जान चाहने जस्ता समस्या भोग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *