सर्लाही, १० भदाै । पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले कोसिस गरिरहे पनि सङ्क्रमतिको सङ्ख्या घटेको छैन । 

आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजा सङ्क्रमित फेला परेको जानकारी दिए ।

उनका अनुसार, हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १ सय ६६ जना हैजाका बिरामी उपचाररत छन् भने १ सय ७८ जना उपचारपछि घर फर्किएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले कोसिस गरिरहे पनि सङ्क्रमतिको सङ्ख्या घटेको छैन । 

आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजा सङ्क्रमित फेला परेको जानकारी दिए । उनका अनुसार, हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १ सय ६६ जना हैजाका बिरामी उपचाररत छन् भने १ सय ७८ जना उपचारपछि घर फर्किएका छन् । 

birgunj-haija-parsa-1756095990.jpg

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेसनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । 

अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकएक जना हैजाका बिरामी भेटिएका छन् ।

अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३ सय ४४ छ । यीमध्ये २७ जना आइसीयूमा, ६ जना एचडीसीयू र १ सय २२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *