सर्लाही, १० भदाै । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।

गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने विषय गृह मन्त्रालयको वार्षिक बजेटमै समावेश भएको छ । यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अगाडि बढ्ने छ ।

अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि नयाँ इलाका प्रशासन स्थापना स्थापना गर्ने विषय कार्यान्वयन जाने आचार्यले बताए ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न गृह मन्त्रालयले प्रस्ताव पठाएको थियो ।

आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना गरेको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *