सर्लाही, १० भदाै । सर्लाहीको बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गत प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलले देशभरका २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय खोल्न सिफारिस गर्दा बलरा पनि परेकाे हो ।

हाल बलरा र वरपरका नागरिकहरू प्रशासनिक सेवा लिन जिल्लाको सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसम्म पुग्न बाध्य छन् । कार्यालय स्थापना भएपछि बलरा नगरपालिकासँगै रामनगर गाउँपालिका, धनकौल गाउँपालिका, विष्णु गाउँपालिका र गोडैता नगरपालिकाका बासिन्दालाई लामो दूरीको यात्रा गर्नुपर्ने झन्झट हट्नेछ ।

हाल सर्लाहीमा सदरमुकाम मलङ्गवासँगै हरिवन र बरहथवामा इलाका प्रशासन कार्यालयमार्फत प्रशासनिक सेवा प्रदान हुँदै आएको छ । नयाँ सिफारिस कार्यान्वयनमा आएमा जिल्लामा चौथो इलाका प्रशासन कार्यालयको रूपमा बलरा थपिनेछ ।

स्थानीय नागरिकहरूले यो सिफारिसलाई स्वागत गर्दै चाँडै कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *