सर्लाही, ११ भदाै । नेकपा एमालेले पूर्वघोषित केन्द्रीय कमिटी बैठक मंगलबार सूचना जारी गरेर अचानक स्थगित गरेको छ । विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले भदौ १३ गते बैठक तय गरेको थियो ।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ मा हुँदैछ। केन्द्रीय कमिटी बैठक अब अनिश्चित भएको नेताहरू बताउँछन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि त्यसले एमालेका एकथरी नेता रुष्ट बनेका छन्। सर्कुलर नै पठाएर भण्डारीका बारेमा कुरा उठाउन बन्देज लगाइए पनि प्रदेश कमिटीका बैठकमा नेताहरूले यो विषय जोडतोडका साथ उठाएका छन् ।