सर्लाही, १२ भदाै । कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किएको अन्तराष्ट्रिय अभ्यास रहेकाले उहाँहरु फर्किनु अनुचित नरहेको बताउनुभयो ।प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु राजनीतिमा फर्किदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गर्नुभयो ।

उहाँले अहिलेको संविधान सर्वोत्कृष्ट रहेपनि संविधान अनुसारको कानुनहरु नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी निर्णय तथा विधि पद्धतीको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पार्नुभयो । नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने प्रश्नमा प्रचण्डले जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने जिकिर गर्नुभयो ।

कालापानी, लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरुसंग देखिएको सिमानाको विवादलाई वार्ता र सम्वादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *