काठमाण्डाैं, १२ भदाै । वैष्णो देवी यात्रा मार्गमा मंगलवारको भारी वर्षा र पहिरोका कारण ३० जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् । घाइतेहरूको उपचार स्थानीय अस्पतालहरूमा जारी छ ।
जम्मू-कश्मीरका मुख्यमंत्री उमर अब्दुल्लाह बुधबार बिहान जम्मू पुगेका छन् र पहिरोले क्षतिग्रस्त भएको तवी पुलको निरीक्षण गरेका छन् । उनले सञ्चार माध्यमसँग भने, ‘हामी ३० जनाको मृत्यु भएकोमा अत्यन्त दुःखी छौं ।
मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गरी स्थिति जानकारी गराएँ । एनडीआरएफको टोली उद्धार कार्यमा सक्रिय गरिएको छ ।’ वैष्णो देवी श्राइन बोर्डले तीर्थयात्राहरुलाई खराब मौसममा यात्रा नगर्न र मौसम सुचारु भएपछि मात्रै यात्रा योजना बनाउने अनुरोध गरेको छ ।
जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले अस्पतालमा घाइतेहरूको भ्रमण गर्दै मृतकका परिवारलाई मुआब्जा को जानकारी दिएका छन् । श्राइन बोर्डले मृतक परिवारलाई ५–५ लाख भारतीय रुपैयाँ र डिजास्टर म्यानेजमेन्ट टोलीले ४–४ लाख रुपैयाँ मुआव्जा उपलब्ध गराउने जनाएको छ ।
यस घटनापछि वैष्णो देवी यात्रालाई अस्थायी रूपमा स्थगित गरिएको छ भने जम्मूमा सबै विद्यालय बन्द गरिएका छन् ।