सर्लाही, १३ भदाै । नेपाल जेसीज क्षेत्र ‘क’ को सम्मेलन मलंगवा जेसीजको आतिथ्यतामा यही भदाै २० र २१ गते हुन गइरहेको सन्दर्भमा नगरभित्र रहेका प्रमुख धार्मिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

मलंगवा नगरपालिका-८ स्थित मलंगबाबा र झिलमिलिया माई मन्दिर, तथा मलंगवा नगरपालिका- ९ मा अवस्थित राजेदेवी मन्दिर परिसरमा सरसफाई गरी कार्यक्रम सम्पन्न गरिएको हो । उक्त सरसफाई कार्यक्रममा साउथ प्वाइन्ट मावि, सेन्ट गेब्रियल्स र जेसीज माविका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य धार्मिक स्थलहरूलाई स्वच्छ राख्दै आगन्तुकहरूलाई सफा र आकर्षक वातावरण प्रदान गर्नु रहेको मलंगवा जुनियर जेसीजका पूर्व अध्यक्ष जेसी प्रिन्स गुप्ताले दिएका हुन् ।

कार्यक्रमका बारेमा जानकारी दिँदै मलंगवा जुनियर जेसीजका पूर्व अध्यक्ष गुप्ताले भने, “धार्मिक स्थलहरू हाम्रो सांस्कृतिक र आस्था केन्द्र हुन्। सम्मेलनको अवसरमा सरसफाईमार्फत समुदायमा स्वच्छता र सहभागिताको सन्देश प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।”

यसमा १८ देखि ४० वर्ष उमेर समूहका सक्रिय युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण र उद्यमशीलता क्षमताको अभिवृद्धिमा समर्पित यो सम्मेलनमा करिब १ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा नेतृत्व, परियोजना तथा सामुदायिक विकाससम्बन्धी सेमिनार, कार्यशाला र तालिम सञ्चालन हुनेछन् ।


क्षेत्र “क” अन्तर्गतका ४६ शाखासहित नेपाल जेसीजका अन्य क्षेत्रका पदाधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष, प्रशिक्षक, विद्यार्थी, उद्यमी, व्यवसायी, कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने मलंगवा जेसीज २०२५ का अध्यक्ष जेसी प्रविण कुमार गुप्ताले जानकारी दिएको छ ।


कार्यक्रमले युवालाई सीप विकास, अनुभव आदान–प्रदान र भविष्यका परियोजनामा सहकार्य गर्ने अवसर प्रदान गर्नुका साथै मलंगवाको धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदा र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।


मलंगवा जेसीजले विभिन्न समिति र उपसमितिहरु गठन गरि सम्मेलनको तयारीलाई तीव्र रूपमा अघि बढाइसकेको सम्मेलन निर्देशक विभाष कुमार कर्णले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *