सर्लाही, १३ भदाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटाजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ ।

मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूले प्रदान गर्दै आएको सम्पूर्ण सेवालाई छिटोछरितो, पारदर्शी, जनमुखी र झन्झटरहित बनाउन लागिएको हो ।

मन्त्रालयका अनुसार श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति, श्रम स्वीकृति लगायतका सम्पूर्ण प्रक्रिया अब डिजिटल प्रणालीमार्फत सहज रूपमा सम्पन्न गर्न सकिनेछ । यसले सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने, कागजी प्रक्रिया भोग्नुपर्ने वा मध्यस्थको भर पर्नुपर्ने अवस्था अन्त्य गर्नेछ ।

डिजिटाइजेसन अभियानले समय र स्रोतको बचत मात्र नभई श्रम क्षेत्रमा सुशासन सुनिश्चित गर्ने र श्रमिकदेखि रोजगारदाता सबै पक्षलाई लाभ पुर्‍याउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।

मन्त्रालयले यसलाई श्रमिक वर्गप्रति आफ्नो प्रतिबद्धताको जीवन्त उदाहरणका रूपमा लिएको छ र सबै सरोकारवालाले यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *