सर्लाही । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनकी हजुरआमा तथा दिवंगत अभिनेता अल्लु रामलिंगैयाकी श्रीमती अल्लु कनकरत्नम्माको ९४ वर्षको उमेरमा शनिबार निधन भएको छ । निधनपछि ज्वाइँ सुपरस्टार चिरञ्जीवीले उनको अन्तिम इच्छाअनुसार कनकरत्नम्माको आँखा दान गरेका छन् ।

भारतको हैदराबादमा शनिबार राति १:४५ बजे निधन भएकी कनकरत्नम्माको पार्थिव शरीर आइतबार बिहान घर ल्याइएर कोकापेटमा अन्त्येष्टि गरिएको थियो । निधनको खबर पाएपछि अल्लु अर्जुन मुम्बईबाट तुरुन्तै हैदराबाद फर्किएका थिए भने अभिनेता राम चरणले पनि सुटिङ छोडेर अन्त्येष्टि कार्यक्रममा सहभागी भएका थिए ।

चिरञ्जीवीले आफ्नी सासूको जीवनभरको प्रेम र साहसलाई स्मरण गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । कोनिडेला–अल्लु परिवार दक्षिण भारतीय चलचित्र, व्यवसाय र राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएको छ ।

अल्लु रामलिंगैया र उनकी पत्नी कनका रत्नम्माका चार सन्तान अरविन्द, सुरेखा, वसन्त र भारती थिए। उनका छोरा अल्लु अरविन्द र पत्नी निर्मलाका तीन सन्तान वेंकटेश, अल्लु अर्जुन र अल्लु सिरिश छन् ।

चिरंजीवीकी श्रीमती सुरेखा हुन् र उनका तीन छोराछोरी राम चरण, सुष्मिता र श्रीजा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *