सर्लाही, १६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । 

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणको लागि चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुई पक्षीय भेटवार्ताको क्रम पनि जारी छ ।

आजै रुसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जन प्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सिपानडोनसँग भेटवार्ता हुनेछ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *