सर्लाही, १७ भदाै । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ । गत हप्ता गुगलको इमेल सेवा जीमेलको सर्भरमा आक्रमण गरेर ह्याकरहरूले २५० करोडभन्दा बढी प्रयोगकर्ताको डाटा चोरी गरेको दाबी गरिएको थियो ।

गुगलले यी दाबीलाई अस्वीकार गर्दै आफ्ना कुनै पनि प्रयोगकर्ताको डाटा चोरी नभएको बताएको छ । यसका साथै गुगलले यसले कुनै पनि प्रयोगकर्तालाई पासवर्ड रिसेट गर्न वा खाता सुरक्षित गर्न कुनै अलर्ट पठाएको छैन ।

जीमेलको सुरक्षा बलियो 

गुगलले डाटा चोरीको दाबीमाथि ब्लग पोस्ट लेख्दै जिमेलको सुरक्षा धेरै बलियो र प्रभावकारी रहेको बताएको छ । गुगलले डाटा चोरी भएको सबै दाबीलाई अस्वीकार गरेको छ । यसका साथै गुगलले जिमेल खाताको सुरक्षाबारे प्रयोगकर्तालाई कुनै पनि अलर्ट जारी गरेको भनेको छ ।  

गुगलले ह्याकरहरूले सधैँ यसको प्लेटफर्ममा घुसपैठ गर्ने प्रयास गर्ने भनेको छ । गुगलले सुरक्षा प्रणाली प्रभावकारी र बलियो रहेको बताएको छ ।  

सुरक्षित पासवर्डको प्रयोग 
गुगलले प्रयोगकर्ताको सुरक्षा र डेटा सधैँ प्राथमिकतामा रहेको बताएको छ । गुगलले प्रयोगकर्ताहरूलाई सधैँ सुरक्षित पासवर्ड र पासकी प्रयोग गर्न भनेको छ ।  

गत हप्ता प्राधिकरण टोकनको उल्लंघनका कारण डाटा चोरी भएको दाबी गरिएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *