सर्लाही, १७ भदाै । सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ । 

फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो । 

यसको अर्थ फेसबुकमा पोस्ट हुने पब्लिक भिडिओ र रिलहरुबाट पैसा कमाउन सकिनेछ । यसअघि नेपाल यो सूचीमा परेको थिएन। फेसबुकले निश्चित देश र भाषामा प्रकाशित कन्टेन्टलाई यो सूचीमा राख्ने गर्छ । 

यद्यपि धेरै भाषाका भिडिओहरु भने मनिटाइजेसनका लागि योग्य नहुन पनि सक्ने फेसबुकले जनाएको छ । 

फेसबुकका अनुसार भिडिओ र रिल खोल्दा आउने विज्ञापनहरु र पर्फमेन्स बोनस प्रोग्रम भने अगस्ट ३१ देखि सकिएको छ। त्यो सकिएसँगै फेसबुकले क्रिएटरहरुलाई फेसबुक कन्टेन्ट मनिटाइजेसन प्रोग्राममा सहभागी गराउनलागेको हो । 

नेपालसमेत रहेको कन्टेन्ट मनिटाइजेसन योग्य रहेको देशहरुको सूचीमा ७० वटा देश रहेका छन् । 

फेसबुकका अनुसार कन्टेन्ट मनिटाइजेसनमार्फत सहजै पैसा कमाउन सकिनेछ। यसअघिका सबै प्रोग्रामहरुलाई मर्ज गरेर फेसबुकले नयाँ कार्यक्रम ल्याएको हो । 

अबदेखि रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरीहरु मनिटाइज गर्न सकिनेछ । 

फेसबुकले १० लाख क्रिएटरहरुलाई बेटामा जोडिन इन्भाइट गरिसकेको छ भने आगामी महिनाहरुमा अझ धेरैलाई इन्भाइट गर्ने उल्लेख गरेको छ । 

यो प्रोग्राममा सहभागी हुन क्रिएटरहरुले प्रोफेसनल ड्यासबोर्डमा जानुपर्छ । त्यहाँ गइसकेपछि मनिटाइजेसन ट्याब खोजेर ‘कन्टेन्ट मनिटाइजेसन’मा क्लिक गर्नुपर्छ। त्यसपछि यसको पहुँच पाइनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *