काठमाडौँ, १८ भदाै ।  चीनको राजधानी बेइजिङमा बुधबार आयोजित विजय दिवस परेडपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच द्विपक्षीय वार्ता भएको छ । 

यस क्रममा पुटिनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न रुसलाई मद्दत गरेको बताए ।

प्रतिक्रियामा यसबारे किमले भने, ‘रुसलाई सहयोग गर्नु भाइका नाताले उत्तर कोरियाको कर्तव्य हो ।’


चीनको राजधानी बेइजिङमा बुधबार आयोजित विजय दिवस परेडपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच द्विपक्षीय वार्ता भएको छ । 

यस क्रममा पुटिनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न रुसलाई मद्दत गरेको बताए ।

प्रतिक्रियामा यसबारे किमले भने, ‘रुसलाई सहयोग गर्नु भाइका नाताले उत्तर कोरियाको कर्तव्य हो ।’

किमले उत्तर कोरियाली सैनिकहरूको प्रशंसा गरेकामा पुटिनलाई धन्यवाद दिए। यी सैनिकले युक्रेन युद्धमा रुसलाई मद्दत गरिरहेका छन् ।

किमले पुटिनलाई जुन २०२४ को सम्झौतापछि द्विपक्षीय सहयोग बलियो भएको बताए ।

गत वर्ष दुई देशले ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए, जुन सबैभन्दा महत्त्वपूर्ण सम्झौता पारस्परिक सुरक्षा हो ।

त्यतिबेला किमले यो सन्धिलाई ‘अहिलेसम्मकै बलियो सन्धि’ भनेका थिए । 

उत्तर कोरियाली नेता किमले बैठकमा रुस र उत्तर कोरियाले विभिन्न क्षेत्रमा सहयोग बलियो बनाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *