सर्लाही, १८ भदाै ।  सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ ।

राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन ।

हिजाे मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो  ।

दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसैगरी मंगलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *