घुस रकमसहित मालपोत कार्यालयका नासु अख्तियारको नियन्त्रणमा

Byसदाम हुसैन

२०८२ भाद्र १८, बुधवार २०८२ भाद्र १८, बुधवार २०८२ भाद्र १८, बुधवार

सर्लाही, १८ भदाै ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित मालपोत कार्यालयका नासुलाई नियन्त्रणमा लिएको छ । 

अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि हुने बताएका छन् । 

भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *