सर्लाही, १८ भदाै ।  तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।

दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाले जानकारी दिए । 

उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ ।

यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मृत्यु भएको झाले जानकारी दिए । 

वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *